असार १ गतेदेखि यात्रुबाहक सवारी नयाँ बसपार्क बाहिरबाट सञ्चालन गरे कारबाही

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ । यात्रुवाहक सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ । 

काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइन लागेको महानगरले जनाएको छ । 

अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ । 

असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सूचना जारी गर्दै महानगरले धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको जनाएको छ ।

निर्णय कार्यान्वयन नगरे जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कारबाही गरिने पनि महानगरले स्पष्ट पारेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *