गल्छी हत्याकाण्ड : तीनैजना आरोपी जेल चलान

Thankot Times

थानकोट ।

धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएका हत्याको घटनाका आरोपीहरूलाई कारागार चलान गरिएको छ ।

होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही ठाउँका विनोद थापा मगरलाई छुरा प्रहार गर्दा उनको मृत्यु भएको थियो ।

घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी-८ मा बस्दै आएका किरन रानालाई पक्राउ परिएको थियो ।

धादिङ जिल्ला अदालतको जेठ २४ गतेको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।

शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृति गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको छ ।

धादिङमा होटल सञ्चालकले चक्कुले घोपेर सेवाग्राहीको हत्या गरेपछि स्थिति तनावग्रस्त, सडक अवरूद्ध


Leave a Reply

Your email address will not be published. Required fields are marked *