यू-२० महिला एसियन कप छनोट: तीन खेलमा नेपालले १५ गोल खायो, एक गोल पनि फर्काउन सकेन
थानकोट ।
२० वर्षमुनिको महिला एसियन कप फुटबल छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ ।
म्यानमारकाे यानगोनमा भएको खेलमा नेपाल चाइनिज ताइपेसँग ५-० गोलले पराजित भएको हो ।
यसअघिका खेलमा नेपाल म्यानमार र चीनसँग समान ५-० गोलले पराजित भएको थियो ।
यो प्रतियोगितामा नेपालले १५ गोल खाँदा एक गोल पनि गर्न सकेन । नेपाल छनोटबाट बाहिरिसकेको छ ।
नेपाल प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६-० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको थियो ।
छनोटमा उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने २० वर्षमुनिको महिला एसियन कप खेल्नेछ ।













