च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जित्यो

Thankot Times

थानकोट ।

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । 

टर्कीको इस्तानबुलस्थित एटाटर्क ओलम्पिया स्टेडियममा शनिबार भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलअन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।

म्यानचेस्टर सिटीका लागि दोस्रो हाफमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो ।

म्यानचेस्टर सिटी आफ्नो क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो ।  सिटी दोस्रोपटक प्रयासमा च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भएको हो ।

सन् २०२१ मा पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी चेल्सीसँग स्तब्ध हुँदै उपविजेतामै सीमित भएको थियो । च्याम्पियन्स लिगको उपाधिसँगै म्यानचेस्टर सिटीले यो सिजन ट्रेबल उपाधि जित्न सफल भयो ।

पराजयसँगै इन्टर मिलानको भने १३ वर्षपछि उपाधि जित्ने सपना चकनाचुर भयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *