चन्द्रागिरिमा त्रि-नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
थानकोट ।
चन्द्रागिरि नगरपालिका सतुगंलस्थित मण्डला ब्याडमिन्टन क्लबले आयोजना गरेको त्रि-नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर तथा दक्षिणकाली नगरपालिकाका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताको उपाधी दीपेशमुनी बज्राचार्य र अमित महर्जन, रमेश महर्जन र आयुष श्रेष्ठ, रामचन्द्र मल्ल र मदन कार्कीको जोडीले जितेको छ ।
विजयी तीन वटै टिमले २० हजार रूपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
विजेताहरुलाई बागमती प्रदेश सभा सदस्य सांसद रमा आले मगरले संयुक्त रुपमा नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतियोगितामा चन्द्रागिरि, कीर्तिपुर र दक्षिणकालीका ए, बी र सी समुहका ७८ खेलाडी सहभागी भएका थिए ।













