एसीसी इमर्जिङ कप : नेपाल-पाकिस्तान भिड्दै, टस जितेर नेपाल पहिले फिल्डिङमा

Thankot Times

थानकोट ।

एसीसी महिला इमर्जिङ टिम्स एसिया कपमा नेपालले अहिले पाकिस्तानसँग पहिलो खेल खेलिरहेको छ। कप्तान रूबिना क्षेत्रीले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेकी थिइन् ।

नेपालविरुद्ध पाकिस्तानको ए टिम मैदान उत्रिएको छ।

हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार बिहान पौने ७ बजेपछि खेल सुरु भएको हो ।

बलियो पाकिस्तानले नेपालविरुद्ध फातिमा साना नेतृत्वको टिम उतारेको छ । फातिमा पाकिस्तानकी प्रमुख बलर हुन्। पाकिस्तान प्रतियोगिताको उपाधि दाबेदार समेत हो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग सुखद नतिजा निकाल्ने प्रयास गर्नेछ।  थाइल्यान्डले भिसा प्रक्रियामा समस्या देखाउँदै सहभागिता फिर्ता लिएपछि नेपालले प्रतियोगिता खेल्ने मौका पाएको थियो।

नेपाल रहेको समूहमा पाकिस्तान र भारतका ए टिम र आयोजक हङकङका टिम छन्। समूहबाट शीर्ष दुईमा पर्न सके नेपालले सेमिफाइनलमा स्थान बनाउने छ।

नेपालले दोस्रो खेल असार २ गते भारतको ए टिमसँग खेल्ने तालिका छ। असार पाँच गते अन्तिम खेलमा नेपालले घरेलु टिमसँग खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *