एसीसी यू-१६ इस्ट जोन: नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड

Thankot Times

थानकोट । 

७ टोलीको सहभागिता रहने एसीसी यू-१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी थाइल्याण्ड परेको छ ।

समूह ‘ए’ मा रहेको नेपालले जुन २८ मा थाइल्याण्डको सामना गर्नेछ ।

यस्तै, दोस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियासँग जुन ३० मा खेल्नेछ ।

मलेसियामा आयोजना हुने प्रतियोगिताको नेपालको समुहमा मलेसिया र थाइल्याण्ड रहेका छन् ।

समूह ‘बी’ मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *