टिपरले मोटरसाइकललाई ठक्कर दिँदा जडिबुटीमा एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार राति काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-०२६ प २१२१ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो।

मृत्यु हुनेमा दोलखा शैलुङ गाउँपालिका घर भई कोटेश्वर बस्ने ३० वर्षीय झनकबहादुर थापा मगर छन्।

दुर्घटनापछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहाँ उपचारका क्रममा सवा १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घाइतेको भने बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ।

घाइते काठमाडौं महानगरपालिका-५ बस्ने ४० वर्षीय कुमार थापा मगर छन्।

टिपर चालक ओखलढुंगाका ३० वर्षीय हिरा गुरूङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *