क्रेनले ठक्कर दिँदा बल्खुमा एक महिलाको मृत्यु

Thankot Times

थानकोट ।

काठमाडौंको बल्खुमा क्रेनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १४ बल्खुमा लु.१ प ३९८५ नम्बरको हाईड्रो क्रेनको ठक्करबाट पैदलयात्री अन्दाजी ५० वर्षीया महिलाको मृत्यु भएको हो । उनको पहिचान हुन सकेको छैन् ।

मंगलबार दिउँसो सो क्रेनको ठक्करबाट गम्भीर घाइते भएकी उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको थियो ।

क्रेन चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *