१९औं एसियाली खेलकुदका लागि तेक्वान्दोबाट ११ खेलाडी छनोट

Thankot Times

थानकोट । 

चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत तेक्वान्दोका लागि ११ जना खेलाडी छनोट भएका छन् ।

मच्छेगाउँका स्वर्णिम मानन्धर १९औं एसियाली खेलकुदका लागि छनाैट हुन सफल

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा आयोजना भएको छनोट प्रतिस्पर्धाबाट ११ खेलाडीको अन्तिम छनोट गरिएको हो ।

छनोटमा क्यागोरीतर्फ पाँच पुरुष र चार महिला खेलाडी छनोट भएका हुन् । यस्तै, पुम्सेमा समान एक पुरुष र महिला गरेर दुई खेलाडी छ्नोट भए ।

पुरुष ५८ किलोग्राममा राहुल कुमाल, ६३ किलोग्राममा कृष्ण आले, ६८ किलोग्राममा वीर महरा, ८० किलोग्राममा अभिषेक बराल र ८७ किलोग्राममा ज्याकी यादव छनोट भए ।

महिलातर्फ ४९ किलोग्राममा अञ्जली तामाङ, ५३ किलोग्राममा आयुशा लामा, ५७ किलोग्राममा सन्ध्याकुमारी सिंह र ६७ किलोग्राममा इन्द्रा बस्नेत छ्नोट भए । यस्तै, पुम्सेमा प्रेम लिम्बू र स्वस्तिका तामाङ छ्नोट भए । छनोट भएका ११ मध्ये सात खेलाडी नेपाल पुलिस क्लब र चार खेलाडी त्रिभुवन आर्मी क्लबका हुन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *