फाइभ नेसन्स बास्केटबल : भुटानसामु नेपाल निरिह

Thankot Times

थानकोट ।

माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।

माल्दिभ्स बास्केटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता अन्तर्गत नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरू हुनेछ ।

पहिलो खेलमा भुटानसँग पराजित नेपाल पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेल खेल्दै गरेको पाकिस्तान जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ ।

नेपालले बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ। यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।

जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताका शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।

बुधबार माल्दिभ्सको मालेमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल भुटानसँग ६१-५५ ले पराजित भएको थियो।

नेपाली टिमको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापक सुशील गुरुङ छन् ।

फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *