एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप: नेपाल र भारत ‘ए’ बीच आज प्रतिस्पर्धा हुँदै

Thankot Times

थानकोट । 

हङकङमा जारी एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज भारत ‘ए’ सँगको सामना गर्दैछ । 

प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भारत ‘ए’ सँग खेल्न लागेको हो । । हङकङको मङकङ क्रिकेट मैदानमा खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग झिनो अन्तरको हार व्यहोरेको थियो । नेपालले पाकिस्तानलाई ८७ रनमा अलआउट गरेपनि ब्याटिङ नचल्दा २० ओभरमा मात्र ७८ रन बनाउन सक्यो । 

उता, भारतले भने घरेलु टोली हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । यस खेलमा नेपाललाई पराजित गरि भारत सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ । 

नेपाललाई सेमिफाइनल सम्भावना कायम राख्न यस खेलमा जित आवश्यक छ ।

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता हो । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेलमा १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *