इमर्जिङ टिम्स एसिया कप: भारतसँग अंक बाँड्दा नेपालको सेमिफाइनल सम्भावना जीवितै

Thankot Times

थानकोट ।

एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाल र भारत ‘ए’ बीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपाल र भारत ‘ए’ सँगको खेल वर्षाका कारण टस बिना नै रद्द भएको हो ।

खेल रद्द भएपछि दुवै टिमले १/१ अंक बाँडेका छन् ।

अंक बाडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ ।

नेपाल र भारतबीचको खेल बिहान सवा ११ मा सुरु हुने तालिका रहेको थियो । तर, मौसमले साथ नदिएपछि खेल रद्द भयो । पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ९ रनको हार बेहोरेको थियो ।

आजको खेल रद्द भएसँगै अंक तालिका रोचक बनेको छ । 

नेपालले समुह चरणको अन्तिम खेलमा शनिबार घरेलू टोली हङकङको सामना गर्दा सोही दिन भारत ए ले पाकिस्तान ए को सामना गर्नेछ ।

१ खेल बाँकी रहँदा यस्तो छ अंक तालिकाः
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *