यसकारण भारतीय चलचित्र काठमाडाैंका सिनेमा घरमा देखाउन नदिइने मेयर बालेनको घोषणा
थानकोट ।
मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा फेसबुकमा बिहीबार साँझ उनले नेपालमा मात्र नभई भारतमा पनि सच्चिनु पर्ने उनले लेखेका छन् ।।
फिल्ममा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्चिएसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने उनले बताए।
‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्।
उनले फिल्ममा शब्द सच्याउनका लागि ३ दिनको समय समेत दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।












