मुख्य सचिवमा दक्षिणकालीका डा. बैकुण्ठ अर्याल नियुक्त

Thankot Times

थानकोट । 

नेपाल सरकारको मुख्य सचिव पदमा डा. बैकुण्ठ अर्याल नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिव रहेका अर्याललाई सरकारको मुख्य सचिवमा नियुक्त गरिएको हो ।

बिहिबार बिहान बसेको मन्त्रिपरिषद बैठकले डा. अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको छ भने हाल रहेका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ ।

वैरागी तीन महिनापछि अवकाश पाँउदै थिए ।

काठमाडौंको दक्षिणकाली वडा नं ७ मा जन्मिएका डा. अर्याल २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गरेका थिए । उनी २०४९ सालमा शाखा अधिकृत बने ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गरेका उनले नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *