फाइभ नेसन्स बास्केटबल: पाकिस्तान विरूद्ध नेपालको संघर्षपूर्ण जित
थानकोट ।
फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ ।
माल्दिभ्सको राजधानी मालेमा बिहीबार पाकिस्तानलाई हराउँदै नेपालले पहिलो जित निकालेको हो ।
नेपालले पाकिस्तानलाई ६६-६२ ले हराएको हो ।
पाकिस्तानलाई हराएसँगै नेपालले सेमिफाइनल पुग्ने मौका जीवित राखेको छ ।
पहिलो खेलमा नेपाल भुटानसँग पराजित भएको थियो ।
नेपालले बंगलादेशसँग शनिबार तेस्रो खेल खेल्नेछ ।
यस्तै नेपालले लिगको आफ्नो अन्तिम खेलमा आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल सहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।













