टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कप: ओसिलो पिचका कारण हङकङ र नेपालबीचको खेलमा ढिलाइ

Thankot Times

थानकोट ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले आज घरेलु टोली  हङकङसँग खेल्दैछ । 

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले हङकङसँग खेल्न लागेको हो । हङकङको मङकङ क्रिकेट मैदानमा खेल बिहान पौने ७ मा सुरु हुने तालिका रहेपनि यो समाचार तयार गर्दा सम्म ओसिलो पिचका कारण टस हुन सकेको छैन् । 

हङकङलाई पराजित गरि नेपाल इमर्जिङ टिम्स एसिया कपको सेमिफाइनलमा प्रवेशको सम्भावना जिवित राख्न चाहन्छ । नेपाल सेमिफाइनल प्रवेशको सम्भावना पक्का गर्न भोली नै हुने दोस्रो खेलमा भारत ए ले पाकिस्तान ए लाई फराकिलो अन्तरमा हराउनु पर्ने हुन्छ । 

प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो । बिहीबार भारत ए सँगको दोस्रो खेल भने बर्षाका कारण रद्द भएको थियो । 

थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।

एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । 

प्रतियोगितामा नेपाल समूह ‘एु’ मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

समूह ‘बी’ मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका ‘ए’ रहेका छन् । प्रतियोगिता हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल १९ जुनमा हुनेछ । फाइनल २१ जुनमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *