ललितपुरमा एकाबिहानै यात्रु बस पल्टियो

Thankot Times

थानकोट ।

ललितपुरमा शनिबार बिहानै यात्रु बस दुर्घटना भएको छ ।

आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बा२ख ८५८३ नम्बरको बस महालक्ष्मी नगरपालिका-१ बाहुनधारामा दुर्घटना भएको हो ।

अनियन्त्रित भई बस सडकमै पल्टिंदा चालकसहित केही व्यक्ति घाइते भएको इमाडोल प्रहरी प्रभागले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बसमा २४ जना सवार थिए । तर,  दुर्घटनामा घाइतेहरू संख्या र पहिचान यकिन भइनसकेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पतालमा पुर्‍याइएको छ ।

तस्वीर : पूर्णप्रसाद श्रेष्ठको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *