अन्तरपालिका यू-१८ बास्केटबलः चन्द्रागिरि नगरको खराब सुरूवात, कीर्तिपुर ९५-४० ले विजयी
थानकोट ।
कीर्तिपुरमा शनिबारबाट सुरू भएको १८ वर्ष मुनीको अन्तर पालिका बास्केटबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाले खराब सुरूवात गरेको छ।
प्रतियोगतामा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिकाका टोलीले सहभागिता जनाएका छन् ।
२ वटा समुहमा विभाजन गरिएको प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् । समुह ए मा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका रहेका छन् भने समुह बी मा चन्द्रागिरि नगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिका रहेका छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्नेछन्। मोस्ट भेलुएबल प्लेयरु लाई १० हजार नगदबाट पुरस्कृत गरिनेछ।
प्रतियोगिताको फाइनल खेल असार ९ गते हुनेछ ।
कीर्तिपुर नगरपालिकाको आयोजनामा सुरू भएको सो प्रतियोगिताको नगरप्रमुख राजकुमार नकर्मीले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कीर्तिपुर नगरपालिकाले चन्द्रागिरि नगरपालिका विरूद्ध ९५-४० को सहज जित दर्ता गर्यो ।
दोश्रो खेलमा ललितपुरले भक्तपुरलाई ७१-६१ ले हरायो
आइतबार चन्द्रागिरिले ललितपुर महानगरको सामना गर्नेछ । सो खेल साँझ ६ बजे सुरू हुनेछ ।


तस्बिरः प्रताप महर्जन













