अन्तरपालिका यू-१८ बास्केटबलः चन्द्रागिरि नगरपालिकाले आज ललितपुर महानगरको सामना गर्ने

Thankot Times

थानकोट ।

कीर्तिपुरमा शनिबारबाट सुरू भएको १८ वर्ष मुनीको अन्तरपालिका बास्केटबल प्रतियोगिता अन्तर्गत चन्द्रागिरि नगरपालिकाले आज दोश्रो खेल खेल्दैछ ।

साँझ ६ बजे हुने खेलमा चन्द्रागिरि नगरपालिकाले ललितपुर महानगरपालिकाको सामना गर्नेछ ।

हिजो शनिबार सम्पन्न पहिलो खेलमा चन्द्रागिरि घरेलु टोली कीर्तिपुरसँग पराजित भएको थियो । त्यसैले चन्द्रागिरिका लागि आजको खेल महत्वपूर्ण रहनेछ ।

आज नै समुह बी अन्तर्गत कीर्तिपुर र भक्तपुर नगरपालिका दिउँसो अपरान्ह ४ बजे आमुने सामुने हुनेछन् ।

२ वटा समुहमा विभाजन गरिएको प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनलमा प्रवेश गर्नेछन् । समुह ए मा पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका रहेका छन् भने समुह बी मा चन्द्रागिरि नगरपालिका, भक्तपुर नगरपालिका, कीर्तिपुर नगरपालिका र ललितपुर महानगरपालिका रहेका छन् ।

प्रतियोगिताको फाइनल खेल असार ९ गते हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *