फाइभ नेशन्स कप बास्केटबल: बंगलादेश विरूद्ध जितसँगै नेपाल सेमीफाइनलमा
थानकोट ।
माल्दिभ्सको राजधानी मालेमा भइरहेको फाइभ नेसन्स बास्केटबल च्याम्पियनसिपमा नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ । नेपालले शनिबार बंगलादेशलाई पराजित गर्दै दोस्रो जित निकालेपछि नेपालको सेमीफाइनल यात्रा सहज भएको हो । ।
शनिबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ९०-६१ ले हरायो । सुरुमा बंगलादेशले लगातार अग्रता बनाए पनि नेपालले पुनरागमन गर्दै पहिलो क्वाटरमै २५-२० को अग्रता लियो । त्यसपछि सबै क्वाटरमा नेपालले अग्रता बनाउदै २९ अंक अन्तरले खेल जितेको हो ।
पहिलो खेलमै भुटानसँग पराजित भएको नेपालले त्यसयता लगातार दोस्रो खेल जितेको हो । यसअघि नेपालले पाकिस्तानलाई पराजित गरेको थियो । लगातार दोस्रो जितपछि नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।
नेपालले लिग चरणको अनतिम खेल आइतबार घरेलु टोली माल्दिभ्ससँग खेल्नेछ ।
दक्षिण एसियाका पाँच राष्ट्र सहभागि च्याम्पियनसिपमा लिग चरणपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।













