थानकोट-चित्लाङ सडकलाई बजेट नपारेको भन्दै ‘चित्लाङमा मन्त्री तथा सांसद्लाई नो-इन्ट्री !’

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट विनियोजनमा वेवास्ता गरेपछि जनप्रतिनिधिहरूले आक्रोश व्यक्त गर्ने क्रम जारी छ । कतिपयले सामाजिक सञ्जालमै असन्तुष्टी व्यक्त गरिरहेका छन् भने कतिपयले चियागफमा असन्तोष पोखिरहेका छन् ।

प्रादेशिक राजधानीसँगै सिमा जोडिएको मकवानपुरको थाहा नगरपाालिका वडा नं. ९ चित्लाङका वडाध्यक्ष राजकुमार बलामीले पनि प्रदेश सरकारले बजेट विनियोजनमा वेवास्ता गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टी पोखेका छन् ।

आइतबार उनले फेसबुकमा लेखेका छन् – खबरदार आजको मितिदेखी यस थाहा नगरपालिका वडा न ९ चित्लाङमा माननीय, मन्त्रीहरुलाइ प्रवेश निषेध गरिएको छ”।

थानकोट-चित्लाङ सडकलाई बजेट विनियोजनका क्रममा प्राथमिकता सूचीमा नपारेको भन्दै वडाध्यक्ष बलामीले सो असन्तुष्टी पोखेको बताइएको छ ।

थानकोट-चित्लाङ सडक मार्ग लामो समयदेखी निर्माणकै चरणमा रहेको भन्दै वडाध्यक्ष बलामीले सांसद्हरूले सो सडकका लागि बजेट पार्न पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *