दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि टिम च्याम्पियन

Thankot Times

थानकोट ।

चन्द्रागिरि तेक्वान्दो डोजाङ टिम दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । 

स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भएको छ ।

८ स्वर्ण तथा २ रजत पदकका साथ चन्द्रागिरि समग्रमा टिम च्याम्पियन बनेको हो।

स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकुल उत्कृष्ट खेलाडी घोषित भए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *