काभा नेसन्स लिग भलिबलः नेपालको लगातार हार

Thankot Times

थानकोट । 

किर्गिस्तानमा जारी काभा नेसन्स लिग भलिबल प्रतियोगितामा नेपाल आयोजकसँग पराजित भएको छ । 

सोमबार भएको खेलमा नेपाल ३-१ को सेटमा घरेलु टिम किर्गिस्तानसँग पराजित भएको हो ।

पहिलो सेट २६-२४ ले गुमाएको नेपालले दोस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गर्दै २१-२५ ले जित निकालेको थियो । तर, यसपछिका दुई सेट नेपालले लगातार गुमायो ।

तेस्रो सेट २५-१८ ले गुमाएको नेपालले चौथो सेट २५-१६ ले किर्गिस्तानलाई सुम्पियो ।

६ देशको सहभागिता रहेको प्रतियोगिता जुन २५ तारिखसम्म चल्नेछ ।

नेपाल पहिलो खेलमा मंगोलियासँग स्तब्ध भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *