ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

Thankot Times

थानकोट ।

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका-४ बागडोल आकाशेपुलस्थित सडकमा बागमती प्रदेश ०२-०४३ प ६१४५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएका २२ वर्षीय सागर आलेमगरको शुक्रबार राति मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको थियो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार २ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *