साफ च्याम्पियनसिपः भारतसँग पराजित भएसँगै नेपालको चुनाैती समुह चरणमै समाप्त
थानकोट ।
आयोजक भारतसँग पराजित भएपछि नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ ।
भारतसँग हारको श्रृंखलाले लगातार चौथो खेलसम्म निरन्तरता पाउँदा नेपाल १४ औं संस्करणको साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको हो ।
भारतसँग २-० को नतिजामा पराजित भएपछि साविक उपविजेता नेपालले एक खेलअघि नै समूह चरणबाट बाहिरिएको हो ।
प्रतियोगिता अन्तर्गत अन्तिम खेलमा नेपालले अब पाकिस्तानको सामना गर्दैछ । यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन् ।













