विश्वकप क्रिकेट छनोटः नेदरल्याण्ड्ससँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो
थानकोट ।
जिम्बावेमा जारी विश्वकप क्रिकेट छनोटबाट नेपाल बाहिरिएको छ ।
ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएसँगै नेपाल विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट बाहिरिएको हो ।
नेपाल रहेको समुह ए बाट अमेरिका पनि प्रतियोगिताबाट बाहिरिएको छ भने एक खेल अगावै जिम्बावे, वेष्ट इण्डिज र नेदरल्याण्ड्स सुपर सिक्समा प्रवेश गरेका छन् ।
अब नेपालले असार गते १७ युएईसँग प्लेअफमा खेल्नेछ ।













