वर्षा बाधक हुँदा नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एकदिवसीय खेल रद्द
थानकोट ।
त्रिवि क्रिकेट मैदानमा शनिबारका लागि तय भएको जिम्बावे ‘ए’ र नेपालबीचको पहिलो एकदिवसीय खेल स्थगित भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार खेल वर्षाका कारण स्थगित गरिएको हो। खेलको नयाँ मिति सार्वजनिक गरिने क्यानले जनाएको छ।
दोस्रो एकदिवसीय खेल १९ गते दोस्रो र २१ गते तेस्रो एकदिवसीय खेल हुने तय छ। त्यसपछि टी-२० सिरिज हुँनेछ। टी-२० सिरिज वैशाख २३ मा सुरू हुनेछ। टी-२० खेलहरू वैशाख २३, २४ र २६ गते हुनेछन्।













