आर्थिक वर्ष २०८०/८१ का लागि काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट (पूर्णपाठ)

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएको छ। 

आइतबार राष्ट्रिय सभा गृहमा महानगरले २५ अर्ब ५४ करोड रुपैयाँको बजेट महानगरकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेकी हुन्। 

महानगरले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदानबाट १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदानबाट ८९ करोड ३६ लाख, आन्तरिक आयबाट ६ अर्ब ३९ करोड प्राप्त हुने उपप्रमुख डंगोलले बताइन्।

उनका अनुसार राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब हुनेछ। 

यस्तै, १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड विनियोजन गरिएको छ।

त्यस्तै, २५ वटा महानगर स्वर्णिम योजनाका लागि २ अर्ब विनियोजन गरिएको छ।

महानगरले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै बजेट शिक्षा क्षेत्रमा छुट्याएको छ। शिक्षाका लागि महानगरले ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ।

२०७९/८० मा २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट विनियोजन भएको थियो। 

यस्तो छ काठमाडाैं महागनरको बजेट वक्तव्यको पूर्णपाठः 


Leave a Reply

Your email address will not be published. Required fields are marked *