इनारमा डुबेर काठमाडाैंको भोटेबहालमा दुईजना युवाको मृत्यु
थानकोट ।
इनारमा डुबेर काठमाडाैंमा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौंको भोटेबहालमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले बताए ।
पानी तान्ने मोटर निकाल्न दिपेन सुरुमा इनारामा इनारमा पसेका थिए ।
दिपेनलाई बचाउन त्यसपछि जितेश इनारमा गएका थिए । सो क्रममा दुवै जनाको ज्यान गएको हो ।












