साफ च्याम्पियनसिप-२०२३ः नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः४५ बजे

Thankot Times

थानकोट ।

भारतमा जारी साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ः४५ बजे सुरू हुँदैछ ।

नेपाल र पाकिस्तान बीचको खेल बैंगलुरुस्थित कान्टिरवा स्टेडियममा हुँदैछ ।

नेपाल र पाकिस्तान दुवै टिमको सेमिफाइनल पुग्ने संभावना सकिएकाले यो खेल प्रतिष्ठाको लागि मात्र भएको छ ।

नेपालको प्लेइङ ११ मा किरणकुमार लिम्बु, अनन्त तामाङ, रोहित चन्द, शनिस श्रेष्ठ, देवेन्द्र तामाङ, लकेन लिम्बु, एरिक विष्ट, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, विमल घर्ती मगर रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *