एसीसी मेन्स यू १६- इस्टर्न जोन कपः थाइल्याण्ड विरूद्ध नेपालको शानदार ब्याटिङ (लाइभ)

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डलाई २ सय ७० रनको लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो ।

नेपालका निरज कुमार यादवले ४३ बलमा ७ चौका र ६ छक्कासहित ७४ रनमा आउट भए । उनी स्पिनर ईशान बानेर्जीको बलमा जित सादाबाट क्याच हुन पुगेका थिए । उनले २१ बलमै अर्धशतक पूरा गरेका थिए ।

नेपाललाई ओपनर निरज कुमार यादव र सुर्यांशु कोइरालाले १३ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । स्पिनर जितको बलमा सुर्यांशु ५५ बलमा ३ चौकासहित ४० रनमा बोल्ड आउट भए । सुर्यांशु स्कुप सट खेल्ने धुनमा बोल्ड आउट भएका थिए ।

नरेन भट्ट ४३ बलमा ५ चौकासहित ५५ रनमा नटआउट रहे । सन्तोष यादव ३६ बलमा ४ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । आषिश लुहार १३, अशोेक धामी ५ र अभिषेक तिवारी १४ रनमा आउट भए ।

थाईल्यान्डका निटपाखन मनुवुनले ६ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । ईशान बानेर्जीले ७ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । जित सादा र पियावत नोद्रीले एक एक विकेट लिए । पनुवातले ७ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

खेलको प्रत्यक्ष प्रसारण हेर्नुहोस्ः


Leave a Reply

Your email address will not be published. Required fields are marked *