एसीसी मेन्स यू १६- इस्टर्न जोन कपः थाइल्याण्ड विरूद्ध नेपाल २२५ रनले विजयी
थानकोट ।
मलेसियामा जारी एसिसी यू-१६ इस्टर्न जोन कपमा नेपालले थाइल्यान्डलाई २ सय २५ रनले पराजित गरेको छ ।
स्थानीय बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २ सय ६९ रन बनायो । सो को जवाफमा ब्याटिङ गर्न मैदान उत्रिएको थाइ टोली १३.२ ओभर क्रिजमा टिक्दा ४४ रनमा समेटियो ।













