गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सः शीर्ष १२ मा थानकोटका राजु तामाङ, सबैले भोट दिन पाइने

Thankot Times

थानकोट ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ रोचक मोडमा पुगेको छ । अर्को साता यो शोबाट २ जना प्रतिस्पर्धी बाहिरिँदा अन्तिम १० को टुंगो लाग्नेछ ।

इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गरेको शो टप १२ को अवस्थामा छ । जसबाट अन्तिम १० को चयनमा दर्शक स्रोताले समेत भूमिका खेल्न सक्ने जनाइएको छ ।

मन पर्ने प्रतियोगिलाई बुधबारदेखी आइतबार दिउँसो २ बजेसम्म भोट दिन सकिने बताइएको छ ।

‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउनेछन्। फर्स्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पुरस्कार पाउनेछन्।  उक्त पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकले दाबी गरेका छन्।

यसैबीच ‘मेरो भ्वाइस युनिभर्स’ थानकोटका राजु तामाङले पनि अन्तिम १२ को यात्रा गर्न सफल भएका छन् ।

तामाङले सामाजिक सञ्जालबाट आफ्ना शुभेच्छुकहरूसँग भोट गरिदिन अनुरोध समेत गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *