चन्द्रागिरिमा आज ‘कविताको पदयात्रा’ गर्दै सम्भव समूह

Thankot Times

थानकोट ।

सम्भव समूहले ‘पदयात्रामा कविता’ कार्यक्रम गर्ने भएको छ। समूहले आज असार पन्ध्र अर्थात् धान दिवसको अवसरमा चन्द्रागिरी हिलबाट यात्रा सुरु गरी चन्द्रागिरीको डाँडामा पुगेर औपचारिक कार्यक्रम गर्न लागेको हो।

कविताको पदयात्रामा कविहरू सुरज राना, राज एकान्त र मन्जुल मिथोचले कविता वाचन गर्ने छन् । त्यहाँ वाचन हुने कविहरूको कवितामाथि कवि सन्जित फलानाले टिप्पणी गर्ने छन् ।

कविता यात्रलाई फराकिलो बनाउन उक्त कार्यक्रम गर्न लागेको आयोजकको भनाइ छ। ‘कविताको भूगोल ब्रह्माण्ड जतिकै फराकिलो भएको तर हामी केही सङ्कुचित/सिमित संरचनामा रहेर मात्र लेखिरहेका छौँ। कविता फराकिलो पार्नको लागि पनि यो कार्यक्रमको आयोजना गरेका हौँ,’ आयोजक सदस्य कवि युग सर्वनामले भने।

आयोजकले उक्त कार्यक्रममा सम्पूर्ण सर्जक तथा लेखकहरूलाई उपस्थितिको लागि आह्वान गरेको छ । उपस्थित सम्पूर्णले अतिथि कविको रुपमा एक-एक वटा कविता वाचन गर्ने पनि आयोजकले जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *