कस्तो रहला आज आइतबार दिनभरको माैसम ?

Thankot Times

थानकोट । 

माैसम पूर्वानुमान महाशाखाले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको मौसम जनाएको छ।

जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो  देशभर  आंशिक देखि सामान्य बदली रहनेछ। कोशी  र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राति बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा भए पनि कोशी  र मधेस प्रदेशमा भने चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

यी दुई प्रदेशमा हावा हुरीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *