साफ च्याम्पियनसिप-२०२३ः उपाधीका लागि घरेलु टोली भारत र कुवेत प्रतिस्पर्धा हुने
थानकोट ।
आमन्त्रित टोली लेबनालाई टाइब्रेकरमा ४-२ ले स्तब्ध बनाउँदै आयोजक भारत साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार राति सम्पन्न प्रतियोगिताको दोश्रो सेमीफाइनल खेल निर्धारित ९० मिनेट तथा अतिरिक्त समयको ३० मिनेट गोलरहित सम्पन्न भएपछि सडेन डेथ फाइनल खेल्ने टोलीको टुंगो लगाइएको थियो । जसमा भारतले बाजी मार्दै नवाैं उपाधि रक्षाको नजिक पुगेको छ ।
भारतले उपाधिका लागि मंगलबार कुवेतको सामना गर्नेछ । यसअघि शनिबार दिउँसो सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा आमन्त्रित टोली कुवेत बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा पुगेको थियो ।













