एसीसी मेन्स यू १६- इस्टर्न जोन कपको सेमीफाइनलः नेपालले सिंगापुरलाई दियो १८३ रनको लक्ष्य

Thankot Times

थानकोट ।

मलेसियामा जारी एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले १८३ रनको चुनाैती पेश गरेको छ । 

नेपालले पूरा ३५ ओभर खेल्दै ९ विकेटको नोक्सानीमा १८३  रन बनाएको हो । 

स्थानीय मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि सूर्यंशु कोइरालाले ४३ तथा निरज कुमार यादवले ४२ रन बनाए । कप्तान अभिषेक तिवारीले २५ रनको योगदान दिँदा सन्तोष यादवले १८ बनाए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *