पेट्रोलको मूल्य घट्यो अब लिटरको १ सय ६७ रूपैयाँ ५० पैसा

Thankot Times

थानकोट । 

 नेपाल आयल निगम लिमिटेडले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल /मट्टितेलको मूल्य घटाएको छ । 

इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।

बैठकको निर्णयअनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोल तथा डिजेल / मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रति लिटर रु. ७।५०, रु.६। र रु. ५। ले घटाइएको छ । 

साथै साबिकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर रु. १४ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर अमेरिकी डलर ११५ (प्रति लिटर करिब रु. १५००) ले घटाइएको छ ।

 एलपी ग्यासको मूल्य भने यथावत रहेको छ ।

a


Leave a Reply

Your email address will not be published. Required fields are marked *