कलाकार रविन तामाङको आज अन्तिम संस्कार गरिने, शव बिहान ८ बजे श्रद्धाञ्जलीका लागि राखिने

Thankot Times

थानकोट । 

गायक तथा अभिनेता रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीको लागि आइतबार बिहान राखिने भएको छ ।

आइतबार बिहान ८ देखि साढे १० बजेसम्म नक्सालस्थित संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने गायिका अभया सुब्बाले जानकारी दिएकी छन् ।
त्यसपछि अन्तिम संस्कारको लागि १२ बजे शोभाभगवतीमा लैजाने तयारी छ । तामाङ परम्पराअनुसार दाहसंस्कार गर्ने जनाइएको छ । फ्रान्समा रहेका रविनका दुई छोरी पनि काठमाडौं आइपुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *