मनाङ एयरको हेलिकप्टर दुर्घटनाः मृतकको शव काठमाडौं ल्याइँदै

Thankot Times

थानकोट ।

मंगलबार सोलुखुम्बुको लिखुपिकेमा मनाङ एयर दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउन दुई वटा हेलिकप्टर परिचालन भएका छन्। 

लिखुपिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। उनीहरूको शव लिन अल्टिच्युड एयरका दुई वटा हेलिकप्टर परिचालन गरिएको हो। 

‘अल्टिच्युडका हेलिकप्टर आएका छन्। त्यसमा राखेर शव लग्ने कोशिस भइरहेको छ। एक जनाको शव थिचिएको अवस्थामा फेला परेको हो। बाँकी ५ जनाको शव बाहिरै फेला परेको छ,’ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने। 

पाँच शव विदेशी नागरिकका भएकाले काठमाडौंमै पठाउने तयारी रहेको पनि उनले बताए। उक्त हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र  पाँच मेक्सिकन नागरिक सवार थिए। 

डिआइजी बास्तोलाले पाइलटको शवको पहिचान भइसकेको पनि बताए। 

‘पाइलटको पहिचान भयो। अरू विदेशीहरू हुन्,’ उनले भने, ‘अब शव उठाउने काम भइरहेको छ। पानी परिरहेकाले केही बेर लाग्ला।’

मृतकको नामः


Leave a Reply

Your email address will not be published. Required fields are marked *