एक लाख घुससहित लेखा अधिकृत अख्तियारको फन्दामा

Thankot Times

थानकोट । 

लहानस्थित सडक डिभिजन कार्यालयमा लेखा अधिकृत पदमा पदम विनोद पोखरेल पक्राउ परेका छन् । 

सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई एक लाख घुससहित रंगेहात पक्राउ गरेको हो । 

आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पोखरेललाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा कार्यालयाबटै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *