मोटरसाइकल पार्किङ गर्ने क्रममा लडेर एक जनाको मृत्यु

Thankot Times

थानकोट ।

भक्तपुरमा मोटरसाइकल पार्किङ गर्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

बुधबार जिल्लाको चाँगुनारायण नगरपालिका-८ जितपुर बस्ने वर्ष ४७ को श्रीराम कार्की घरमा मोटरसाइकल पार्किङ गर्ने क्रममा एक्कासि बेहोस भई लडेका थिए।

मंगलबार बिहान अन्दाजी ११ बजेको समयमा उनी बा-३८ प ९६२३ नम्बरको मोटरसाइकलमा सवार भई घरबाट निस्किएका उनी बिहीबार बिहान १० बजेको समयमा पुन: घर फर्किएका थिए। प्रहरीका अनुसार उनले मोटरसाइकल धरमराउँदै चलाएका र मोटरसाइकल पार्किङ गर्ने क्रममा एक्कासि बेहोस भई लड्न पुगेका थिए।

त्यस पश्चात् उनका छोरा २५ वर्षीय मनिष कार्कीले उनलाई उपचारको लागी भक्तपुर अस्पताल लगेका थिए। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *