नेपालमा माउन्टेन फ्लाइटमा रोक

Thankot Times

थानकोट ।

 मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेपछि नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टरहरुको उडानमा कडाइ गरेको छ । 

बुधबार एक सूचना जारी गर्दै क्यानले उद्धार उडानलगायत हेलिकप्टर सञ्चालनका लागि अनुमति जारी गर्ने तर मनसुन अवधिमा माइन्टेन फ्लाइट (हिमाली उडान) मा रोक लगाउने निर्णय गरेको छ । 

यस्तै हेलिकप्टरबाट पुष्पवृष्टि जस्ता गैरअत्यावश्यक उडानहरू पनि सेप्टेम्बरसम्म प्रतिबन्धित गर्ने क्यानले निर्णय गरेको छ । 

कम्पनीमा शेयर भएका उडान चालक दलले सबै प्रकारका व्यावसायिक उडानहरूको लागि इजाजतपत्रको विशेषाधिकार प्रयोग गर्न नपाउने पनि क्यानले निर्णय गरेको छ ।

सोलुखुम्बुबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर मंगलबार बिहान दुर्घटना हुँदा पाइलट र पाँच यात्रुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *