धादिङमा ५८ हजार रूपैयाँसहित सात जना ‘जुवाडे’ समातिए
थानकोट ।
धादिङमा जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् ।
नीलकण्ठ नगरपालिका-३, बसपार्कनजिक डंकबहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित सातजनालाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई नगद ५८ हजार ६७० रुपैयाँ र तीन बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।











