अब रत्नपार्कमा प्रवेश गर्न टिकट शुल्क ३० रुपैयाँ

Thankot Times

थानकोट ।

रत्नपार्कभित्र प्रवेश गर्न ३० रुपैयाँ कर तिर्नुपर्ने भएको छ। 

काठमाडौँ महानगरपालिकाले सम्पत्तिसम्बन्धी नयाँ कर कार्यान्वयनमा ल्याएको हो।

नयाँ आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि महानगरले ल्याएको नयाँ कर दर हिजो साउन १ गतेदेखि लागु गरिएको छ।  

जसअनुसार हनुमानढोका दरबार क्षेत्रमा चलचित्र छायांकन गरे प्रतिदिन ५५ हजार रुपैयाँ कर तिर्नुपर्नेछ।

सम्पत्तीसम्बन्धी नयाँ कर दरमा बालाजु बाइसधारा र शंखधर उद्यानको प्रवेश शुल्क तथा अन्य गतिविधिको शुल्क तोकिएको छ।

यस्तै बालाजु, बाइसधारा पार्क, शंख पार्क, शंखधर शाख्वा पार्कमा प्रवेश गरे पनि ३० रुपैयाँ तिर्नुपर्नेछ। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *