मत्स्यनारायण मेलाका विषयमा गोरखापत्रले पनि यसो छाप्यो…
थानकोट ।
हिजो साउन २ गतेबाट चन्द्रागिरि नगरपालिका ०९ मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा पुरुषोत्तम मास मेला सुरू भएको छ। पहिलो दिन करिब १२ हजार श्रद्धालुहरूले मत्स्यनारायणको दर्शन गरेको चन्द्रागिरि नगरपालिका ०९ का वडाध्यक्ष एवं मेला व्यवस्थापन समिति संयोजक अच्युत अधिकारीले जानकारी दिनुभयो ।
मत्स्यनारायणमा मलमास समेत भनिने पुरुषोत्तममास मेला सुरू भएको खबर बुधबार प्रकाशित भएका अधिकांश पत्रपत्रिकाले छापेका छन् । बुधबार प्रकाशित गोरखापत्र राष्ट्रिय दैनिक को पृष्ठ १६ मा कला/साहित्य ‘हेडिङ’ मत्स्यनाराण मेला सम्बन्धी खबर छापिएको छ जहाँ अधिकमास सुरु भएसँगै मङ्गलबारदेखि चन्द्रागिरि नगरपालिका–९, कीर्तिपुरको मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिरमा मेला सुरु भएको छ । लेखिएको छ । समाचारको स्क्रिनसट हेराैं

उसो त मंगलबार प्रकाशित गोरखापत्र संस्थान स्वामित्वकै दि राइजिङ नेपालको पृष्ठ ७ मा पनि मत्स्यनारायण कीर्तिपुरमै भन्ने आशयको समाचार प्रकाशित गरेको थियो । हिजो प्रकाशित यो समाचारको विषयमा चन्द्रागिरि ९ कावडाध्यक्ष अच्युत अधिकारी हिजो मंगलबार नै प्रशासकको ध्यानाकर्षण गराइसकिएको धारणा राख्नुभएको छ ।
मंगलबार दि राइजिङ नेपालमा प्रकाशित समाचारको स्क्रिनसट हेराैंः 












