धादिङको महेशदोभानमा अटो जाँच गर्दा प्रहरी नै चकित, २ जना प्रहरी नियन्त्रणमा
थानकोट ।
प्रहरी चाैकी बैरेनीले धादिङको गल्छी गाउँपालिका-६ महेशदोभानबाट २ जना पुरूक्षलार्इ नियन्त्रणमा लिएको छ ।
प्रहरीले बुधबार राति अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित गजुरी गाउँपालिका ७ किरानचोक बस्ने ५० वर्षीय भगवान पण्डितसमेत दुईजनालाई पक्राउ गरेको हो ।
प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरीले बा.प्र ०३००१ ह ११४२ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सो बारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।











