काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क तोकेको छ । अबदेखि काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक सडकहरूमा सवारीसाधन पार्किङ सञ्चालन गर्न पाइने छैG ।

तर, प्रवेश र बहिर्गमन फरकफरक हुने गरी कुनै पनि सडकको कुल चौडाइको २५ प्रतिशतभन्दा बढी भाग नओगटिने गरी, आधुनिक प्रविधि प्रयोगको माध्यमबाट समयको आधारमा आफैँ वा निजी क्षेत्रको सहयोगमा सःशुल्क सवारी पार्किङ व्यवस्थापन गरिने छ ।

महानगरले क्षेत्र नम्बर तोकेर पार्किङ शुल्क तोकेको छ । जसअनुसार क्षेत्र नम्बर १ अन्तर्गत न्युरोड, धर्मपथ, कान्तिपथ, दरबार मार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल, लैनचौरसम्म)का तोकिएका स्थानमा सवारीसाधन पार्किङ गरेबापत विभिन्न शुल्क तोकिएको छ ।

दुई पांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ तोकिएको छ । दुई पांग्रेका लागि प्रतिघण्टा २५ रुपैयाँ तोकिएको छ । चार पांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रति घण्टा ८० रुपैयाँ तोकिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्र भित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानहरूमा सवारीसाधन पार्किङ गरेबापत दुई पांग्रेका लागि प्रति घण्टा १५, चार पांग्रेका लागि ४० रुपैयाँ र चारपांग्रे भन्दा बढीका सवारीका लागि १०० रुपैयाँ तोकिएको छ ।

महानगरपालिका क्षेत्रभित्र निजी स्वामित्वका घर जग्गामा व्यावसायिक रूपमा सञ्चालित सवारीसाधन पार्किङले अधिकतम दुई पांग्रेस सवारीसाधनको हकमा पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र पहिलो एक घण्टासम्मका लागि २५ रुपैयाँ तोकिएको छ । एक घण्टाभन्दा बढीका लागि हरेक पन्ध्र मिनेट सम्मका लागि थप ५ रुपैयाँ लाग्ने छ ।

चार पांग्रेस सवारीसाधनको हकमा आधा घण्टासम्मका लागि ४० रुपैयाँ र पहिलो एक घण्टा सम्मका लागि ७५ रुपैयाँ तोकिएको छ । एक घण्टाभन्दा बढीका लागि हरेक १५ मिनेटसम्मका लागि थप १५ रुपैयाँ तोकिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *