चुनाव खर्च नबुझाउनेको सूचीमा परेपछि रास्वपाका उम्मेदवार प्रदिप विष्टको आपत्ति
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडाैं जिल्ला संयोजक एवं मंसिर ४ को निर्वाचनका काठमाडाैं क्षेत्र नं. १० का उम्मेदवार प्रदिप विष्टले आफूले निर्वाचन आयोगले तोकेकै समयभित्र चुनाव खर्च बुझाएको बताएका छन् ।
तर, पनि आयोगले कानुनको गलत व्याख्या गरी बिना कानुनी आधार आफ्नो नामको दुरुपयोग गरेर चुनाव खर्च नबुझाउनेहरूको सूचीमा राखेको भन्दै विष्टले ध्यानाकर्षण गराएका छन् ।
मंसिर १३ गते नै निर्वाचन आयोगमा खर्च विवरण बुझाएको र बैशाख २३ गते सामाजिक सञ्जालबाट खर्च विवरण सार्वजनिक गरिसकेपनि किन आयोगले जरिवाना तिर्नुपर्नेको सूचीमा आफ्नो नाम निकाल्यो ? विष्टले प्रश्न गरेका छन् ।
आयोगले मंगलबार चुनावको खर्च विवरण सार्वजनिक नगर्नेको सूचीमा विष्टको पनि नाम समावेश गरेको छ ।
काठमाडाैं क्षेत्र नं. १० का १० जना उम्मेदवारलाई निर्वाचन आयोगले तिराउने भयो १५ हजार जरिवाना
यस्तो छ विष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको निर्वाचन खर्च विवरणः

काठमाडाैं क्षेत्र नं. १० का रास्वपा उम्मेदवार विष्टको चुनावी खर्च १ लाख ४४ हजार












